डुम्रे वेशीशहर सडक खण्डको पहिरो ५ कार्यालय प्रमुखको पहलमा हटाईयो ,वाटो खुलेपछि यात्रु हर्षित
अन्जनराज न्यौपाने / गण्डकी प्रदेश डुम्रे बेशीशहरसडक खण्ड समाचार जिल्लाको भानु नगरपालिका- १भन्सार स्थित डुम्रे – बेशीशहर सडकखण्ड अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको उक्त सडकखण्डलाई सोमबारदेखि खुलाइएको छ ।
अविरल वर्षाका कारण सास्ती भोग्दै आएका सवारी साधन चालक र यात्रुहरुलाई सहज होस् भन्ने उद्देश्यले भानु नगरपालिकाका प्रमुख उदयराज गौली प्रमुख जिल्ला अधिकारी सागर आचार्य , जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख दिनेशराज मैनाली, सशस्त्र प्रहरी बल भानुका प्रमुख प्रहरी उपरीक्षक संजय भट्टराई र सडक डिभिजन कार्यालय तनहुँका प्रमुख इन्जिनियर अर्जुनकुमार श्रेष्ठ लगायतका कार्यालय प्रमुखहरूको पहलमा उक्त डुम्रे बेसीशहर सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले जानकारी दिए
Like