वनकार्यालयको बार्षिक प्रगति विवरण सार्वजनिक

Share to:
  1. अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार                                                                                        तनहुँ / १ गते शुक्रबार                                     जिल्ला वन कार्यालय तनहुँले वार्षिक प्रगति सार्वजनिकीकरण कार्यक्रम शुक्रबार शुरु गरेको छ। जिल्लाको व्यास नगरपालिका वडा नम्बर ३मा रहेको डिभिजन वन कार्यालयको सभाकक्ष मा उक्त कार्यक्रम सञ्चालन गरिएको हो  जिल्ला डिभिजन वन कार्यालय तनहुँका प्रमुख बन अधिकृत कोमल राज काफले उक्त कार्यक्रमको बारेमा सहजीकरण गरेका थिए जिल्लामा पर्यावरणको समस्या बाडी पहिरो रोकथामका उपाय का विषयमा सहजिकरण गरिएको थियोl वातावरण मापदण्ड पालना नगरी  क्रसर उद्योग संचालनले  प्राकृति सम्पदालाई विनाश गरेको बताए ।

धर्ती जोगाउन स्थानीय  सबै पक्षले मिलेर लाग्नुपर्ने बताउँदै पशुपन्छी र जीवजन्तु संरक्षणमा सबै  लाग्नुको विकल्प नभएको बताए।

गाउँ जंगलमा हुनेगरेको  वनजंगल फडाली र प्राकृतिक सम्पदा विनाशका विषयमा घनीभुत छलफल गरिएको थियो ।

 मन्छे धरतीलाई जोगाउने पात्र  बन्नुपर्ने बताउँदै यस वर्ष ५ करोड ६५ लाख बजेट रहेको मा ४ करोड ९० लाख रुपैयाखर्च भएको समेत उनले जानकारी दिए यसैगरी कार्यालय प्रमुख  काफ्लेले यसवर्षको उल्लेखनीय कार्यमा सामुदायिक वन हस्तान्तरण गरिएको र सामुदायिक वन 21 हजारभन्दा बढी  गरिएको बताए।

 ५०वटा सामुदायिक वन नवीकरण गर्नुपर्ने ठाउँमा ६७ वटा वन नविकरण गरिएको प्रगती विवरण उनले पेश गरे यसवर्ष जिल्लामा ३०हजार विरुवाहरु उत्पादन भएको उनले जानकारी दिए यसवर्ष तेजपत्ता सिगान ४०००कुरिलो टिमुर अमला हरु  लगायतका विभिन्न स्वास्थ्यकर जडीवुटीहरु समेत उत्पादन गरी वितरण गरेको उनले जानकारी दिए । 

 अम्बा ,डालेघाँस ,फलफूल कागती, लिच्ची विभिन्न जातका फलफूलहरुको  बोटबिरुवाहरु , विभिन्न प्रजातिका घाँसहरु पनि उत्पादन गरेर वितरण गरिएको उनले जानकारी दिए ।

 अरु जिल्लाको तुलनामा यस जिल्ला बिरुवा उत्पादन र वितरणमा अत्यन्त सफल भएको दाबी समेत प्रमुख काफ्लेले गरे।

 २१ हजार विरुवा किनेको मा ६६ हजार ८ सय२८ बिरुवा खरिद गरेर वितरण गरेको समेत जानकारी दिए गरिब तथा विपन्न वर्गका समुदायहरु जस्तै चेपाङ भुजेल र अन्य विभिन्न स्थानका अतिविपन्न वर्गहरुलाई उनीहरुको घर मे लगेर कार्यालयले विरुवाहरु वितरण गरेको थियो।

 यस वर्ष नेपालमा अधिकांश बनजंगलमा डडेलो  डाँडाकाँडा हरु नाङ्गे भएको बताउँदै सरकारबाट २ लाख र  प्रदेशबाट ५ लाख बजेट  डडेलो नियन्त्रणका लागि विनियोजन भएकोमा ८० प्रतिशत काम पूरा भएको उनले बताए  ।

डडेलो नियन्त्रणमा विशेष सतर्कता अपनाउन स्थानीय समुदाय नै सक्रिय रुपमा अगाडि बढ्नुपर्ने मा उनले जोड दिए ।कार्यालयको मुख उदेश्य  आफ्नो वनलाई आफैंले सुरक्षित राख्न पनि उनले मिडियामार्फत आग्रह गरे ।

वन डढेलो नियन्त्रणका लागि स्थानीयस्तरमा विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको बताउँदै उनले स्थानीयस्तरमा सबैजना सचेत हुनसके डडेलो नियन्त्रण हुने छ,अति आवश्यक स्थानमा वन कार्यालयले नै डढेलो लगाएको र बोटबिरुवा संरक्षणका लागि आवश्यक पहलकदमी गरेको उनले बताए ।

फलफूलको राजा भनेर चिनिने आँप लगाउँदा 10 मिटर पर लगाउनुपर्ने र साल सिसौ खयर लगायतका बिभिन्न प्रजातिका रुखहरुलाई उनीहरूको बनोटका आधारमा दूरी कायम गरी लगाउनुपर्ने र विभिन्न समयमा गोडमेल गर्न सके अत्यन्त राम्रो हुने उनले जानकारी दिए।

 यसमा समुदायको अत्यन्तै महत्वपूर्ण भूमिका हुने बताए वन्यजन्तु हरुमा चितुवाले मानवजातिलाई कुनैपनि समयमा आक्रमण गर्ने भएकाले सजग र सतर्क रहन उनले अपिल गरे ।

जंगली प्राणीहरुले मानवकोआक्रमण गरेको भनेर जंगलमा विभिन्न जातिका फलफूलहरु को बिरुवा रोपिएको र पोखरी निर्माण गरिएको समेत उनले जानकारी दिए।

 चितुवालाई यस जिल्लाबाट अर्को जिल्लामा राख्दा पनि सो चितवा पुनः फर्केर आएको बताउँदै उनले यस विषयमा सतर्क रहन आग्रह गरे ।

जिल्लाका विभिन्न स्थानहरुमा १७ वटा पोखरी निर्माण भइसकेको जानकारी उनले दिए विशेष गरे जंगली जनावर चितुवाले साना साना बालबालिका र छोरी मान्छेहरु लाई आक्रमण गरेको र पुरुषलाई भने कमै मात्रमा आक्रमण गरेको बताए।

 म्याग्दे गाउँपालिका ,भानु नगरपालिका ,देवघाट गाउँपालिका ,ऋषिङ गाउँपालिका बन्दिपुर गाउँपालिका लगायतका विभिन्न स्थानहरुमा साथ छुट्टै किसिमको पोखरी निर्माण गरिएको समेत उनले जानकारी दिए।  यस वर्ष १९वन्यजन्तुहरु को सकुशल उद्धार गरिएको ,चाँप लगाउने कृषकले  हाँगो  काट्न नहुने र हाँगा काटेमा मर्ने समेत उनले जानकारी दिए।

 अधिकांश कृषकहरुले चाँपको रुख बढीमात्रामा लगेको उनले जानकारी दिए । म्याग्दे गाउँपालिका को च्याङट्याङ सामुदायिक वनमा निर्माण गरिएको १२ लाखको  हरित पार्क अहिले निकै नै चर्चामा आएको उनले बताए ।

आन्तरिक एब्म बाहिय पर्यटकहरु सो पार्क निर्माण गरिएपछि स्थानीयहरु अत्यन्त हर्षित भएको बताए।यसवर्ष गैंडाको ख्याक,बागको छाला चोरीपठारी गर्नेहरुलाई नियन्त्रणमा लिएको छ भने प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दी मन्दिरलाई धार्मिक वनकानामले  घोषणा गरिएको छ।

Like