पहिरोले पुर्दा ५ सवारी साधन र ४ जनाको मृत्यु, ६ घाइते ३ बेपत्ता

Share to:

रासंसा/ धादिंग, आषाढ १९

मुलुकमा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले सवारी साधन पुरिँदा शनिबार बिहान दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्। पहिरोले सवारीसाधन पुरिँदा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका वडा नं ६ का ४० वर्षीय हरिबहादुर प्रजा , चितवन भण्डाराका ३६ वर्षीय सुदिप प्रजा घाईते भएका छन्। घाईतेहरुको चितवनमा उपचार भइरहेको छ। त्यस्तै, ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभम कुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजा कुमार घाईते भएका छन्। उनीहरुको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए।  अविरल वर्षासँगै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

यस्तै पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती–१२ को पर्खाल भन्ने स्थानमा माथिबाट खसेको पहिरोले दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो। ती मध्ये एक जना पुरुषको शव घटनास्थलबाट ५० मिटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।  हराएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसैगरी कालिका नगरपालिका–११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ। आफन्तकहाँ जाने क्रममा उनलाई पहिरोले बगाएको जनाइएको छ।

Like