सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन शिक्षालयमा सरश्वोतिको मन्दिर समुद्घाटन

Share to:

रासंसा/ चितवन, आषाढ १६,

मुलुकमा विभिन्बिन संघसंस्थाहरुमा प्रमुख संरक्षक तथा सल्लाहकार रहनुभएका राष्ट्र संरक्षण साप्ताहिक तथा पशुपति अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन शिक्षालय चितवन कुरिनटारमा सरश्वतिको मन्दिर समुद्घाटन गर्नुभयो l

बिक्रम सम्बत २०३५ सालदेखि हाल सम्म सामाजिक सेवा गर्दै आउनु भएका डा. वैद्यले विभिन्न संघ संस्मुथाहरुलाई आवश्यक मुर्ति, गजुर, घण्टा लगायतका सामाग्रीहरु प्रदान गर्दै आउनु भएको छ l सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालयलाई माता सरस्वतीको मुर्ति , गजुर, पुजाको सामाग्री लगायतका सामाग्रीहरु सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरि निर्माण सम्पन्न सरस्वतीको मन्दिर समुद्घाटन गर्नुभएको हो । समुद्घाटनको क्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय संरक्षक प्रा. डा. पदम लाल महर्जन लगायतका विशिस्ट व्यक्ति व्यक्तित्व एवं सशस्त्र प्रहरी बलका विशिस्ट श्रेणी तथा जवानहरुको उपस्थिति थियो l

समुद्घाटनपश्चात प्रमुख अतिथिको आशनबाट डा. वैद्यले पशुपति अन्नपुर्णा आश्रम मार्फत धेरै संघ संस्थाहरुलाई आफुले भगवानका मुर्तिहरु, घण्टा, गजुर, पूजाका सामाग्रीहरु उपलब्ध गराएको र नेपालमा भएका गुरुकुलाहरुलाई खाद्यान्न तथा आवश्यक कपडाहरु उपलब्ध गराउदै आएको बताउदै यस पावन घडीमा पनि सशस्त्र प्रहरी बलको यो बिपद ब्यबस्थापन तालिम शिक्षालयलाई माता सरस्वतीको मुर्ति , गजुर, पुजाको सामाग्री लगायतका सामाग्रीहरु उपलब्ध गराई मन्दिर समुद्घाटन गर्न पाउदा खुशी लागेको बताउनु भयो l

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विभिन्बिन संघसंस्थाहरुमा प्रमुख संरक्षक तथा सल्लाहकार रहनुभएका राष्ट्र संरक्षण साप्ताहिक तथा पशुपति अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यले गर्नुभएको सामाजिक सेवालाई कदर गर्दै सम्मान पत्र प्रदान गर्नुहुदै उहाका भावनाहरु यस्तै देश र जनताका मन मनमा रहिरहुन बताउदै भगवानको आश्था गरेमात्र सकारात्मक सोच, भावना र कर्मप्रति मन दिलाउछ l

यो उदाहरण आज यस गरिमामय सभाका प्रमुख अतिथि विभिन्न संघसंस्थाहरुमा प्रमुख संरक्षक तथा सल्लाहकार रहनुभएका राष्ट्र संरक्षक साप्ताहिक तथा पशुपति अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यबाट सिक्नुपर्ने बताउनु भएको थियो l

6Jagadish Vaidhya, KB Bram and 4 others1 shareLikeCommentShare

Comments

ActiveWrite a comment…

Like