विश्व शान्ति शुक्ष्म ज्ञान महायज्ञ समापन, सच्चिदानन्द विशुद्ददेव कन्या गुरुकुल खोल्नेमा जोड

Share to:

रासंसा/काभ्रे, ज्येष्ठ ३१,

रासंसा/काभ्रे, ज्येष्ठ ३१,

स्वामी सच्चिदानन्द विशुद्ददेवका प्रथम शिष्य एवं विश्व शान्ति ध्यान केन्द्रका संस्थापक संरक्षक कल्याण मित्र जी महाराजको सभापतित्वमा उहाले गर्नुभएको संकल्प अनुरुप एक महिने विश्व शान्ति सुक्ष्म ज्ञान महायज्ञ नेपाल नागरिक अभियानका अध्यक्ष पुर्व ए आइ जी पी डा. ठाकुर मोहन श्रेष्ठको संयोजकत्वमा भएको सो अनुष्ठान विश्व स्वास्थ्य संगठनको मापदण्ड र नेनेपाल सरकारको सो सम्बन्धि नियम पालना गर्दै सम्पन्न भएको छ l पशुपती अन्नपुर्णा आश्रम, रिटायर्ड क्लब नेपाल तथा सेभ द नेशन मिडियाकी केन्द्रीय सदस्य एवं पशुपति अन्नपुर्णा आश्रमकी धार्मिक समितिकी संरक्षक माता भद्रकालीको प्रमुख अतिथिको आतिथ्यमा सम्पन्न भएको भएको सो अनुष्ठान गत बैशाख ३१ गतेदेखि ज्येष्ठ ३१ गतेसम्म एक महिने विश्व शान्ति शुक्ष्म ज्ञान महायज्ञको अनुष्ठान गत बैशाख ३१ गते पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के. बि. सम्राटले १ हजार ८ सहस्र बगलामुखी सहस्र मन्त्र मन्त्रोचारण गरि कोटी होमबाट समुद्घाटन गर्नुभएको थियो l

स्वामी सच्चिदानन्द विशुद्ददेवका प्रथम शिष्य स्वामी कल्याण मित्र जी महाराजको संकल्पमा भएको सो समापन शुक्ष्म ज्ञान महायज्ञमा स्वामी सच्चिदानन्द विशुद्ददेवका शिष्य द्वय स्वामी प्राण मुर्ति तथा स्वामी पंचशील जी महाराज एवं माता दक्षिणकाली सावित्री माको विशेष अतिथिको आतिथ्यता थियो l काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर १२ स्थित शन्खु नयाँ पाटिमा विश्व शान्ति ध्यान केन्द्रमा स्वामी सच्चिदानन्द विशुद्ददेवका प्रथम शिष्य स्वामी कल्याण मित्रज्युको संकल्पमा भएको कोभिड १९ कोरोना भाइरसलाई विश्वबाट हटाउन घर घरमा होम होमादी गरौं, आयुर्वेदको प्रयोग गरौ कोरोना जस्ता महामारी रोगबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने नाराकासाथ गत बैशाख ३१ गतेदेखी यहि ज्येष्ठ ३१ गतेसम्म भएको सूक्ष्म ज्ञानमहायज्ञमा होम होमादीबाट विश्व शान्ति हुने गरि विश्व स्वास्थ्य संगठनले अपनाएको मापदण्ड अपनाएर नेपाल सरकारले गरेको निषेधाज्ञा नियम पालना गरि गरौ विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस जस्ता अरु अन्य भइपरि आउने महामारीबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्दै गरिएको थियो l समारोहमा हाँसदा योग आश्रमका साधक स्वामी श्री शंकर निलकण्ठ जी महाराज, स्वामी सत्यानन्द तिर्थ जी महाराज, सेभ द नेशन मिडिया तथा राष्ट्र संरक्षण डट कमका संचालक एवं इन्नोभेटर रुद्र श्रेष्ठको अतिथिको आतिथ्यता थियो l यस्तै नेपाल नागरिक अभियानका सचिवालय सचिव एवं विजेश्वोरी मन्दिरका पुर्जारी हेम रत्न शाक्य, नेपाल नागरिक अभियानका उपत्यका संयोजक राकेश कृष्ण अमात्य, राष्ट्रिय खेलकुद संयोजक चन्द्र डंगोल, काभ्रे जिल्ला अध्यक्ष कृष्ण विजय श्रेष्ठ र जिल्ला सदस्य एवं पत्रकार सुनिल जिम्बाको अतिथिको आतिथ्यता थियो l

सो अवसरमा प्रमुख अतिथि पशुपती अन्नपुर्णा आश्रमकि केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीले ३३ कोटी देवताहरुले बास गरेको यो पुण्य भूमिमा स्वामी कल्याण मित्रले गरेको संकल्पले उहाले राखेको उद्देश्य पुरा हुने बताउनुभयो l यस उहाले अघि विश्व शान्ति ध्यान केन्द्रका स्वामी सच्चिदानन्द विशुद्ददेवका प्रथम शिष्य स्वामी कल्याण मित्रज्युलाई गुरुकुलमा आवश्यक चामल, दाल, नून, तेल, लगायत मास्क हस्तान्तरण गर्नु भएको थियो l

विशेष अतिथिको आशनबाट विशेष अतिथि त्रय चरित्र निर्माण संघका अध्यक्ष स्वामी प्राण मुर्ति, हंसदा योग आश्रमका अध्यक्ष पंचशील र दक्षिणकाली सावित्री मांले कोभिड १९ कोरोना भाइरसको आक्रामक समयमा पनि स्वामी कल्याण मित्रले गरेको यो शुक्ष्म ज्ञान महायज्ञ गुरुको पुण्य स्मृति तिथिको पावन घडीमा सुरु गरि एक महिना १००८ बगलामुखी मन्त्रोचारण दैनिक अनुष्ठान गरि सम्पन्न गरेकोमा प्रसंसा गर्दै धन्यवाद दिनुभएको थियो l स्वामी सत्यानन्द तिर्थ जी महाराजले स्वामी सच्चिदानन्द विशुद्ददेवलाई स्मरण गर्दै गुरुको उद्देश्य पुरा गर्न शिष्यले चालेको भूमिकाको प्रसंसा गर्नुभयो l अनुष्ठानका संयोजक नेपाल नागरिक अभियानका अध्यक्ष एवं पुर्व ए आइ जी पी डा. ठाकुर मोहन श्रेष्ठले उपस्थित सबै किसिमका तहतप्काका महानुभावहरुलाई धन्यवाद दिदै कोभिड १९ कोरोना भाइरसका कारण हामीले सोचेको उद्देश्य बमोजिमको महायज्ञ नभएपनि शुक्ष्म ज्ञान महायज्ञ अनुष्ठान सम्पन्न भएको छ उद्देश्य बमोजिमको अनुष्ठान कोभिड १९ कोरोना भाइरसको पराजय भएपश्चात पुन महायज्ञ समयमै योजना बनाइ सभ्य र भब्य रुपमा अनुष्ठान गरि उद्देश्य पुरा गर्ने बताउनुभयो l

समापन कार्यक्रममा सभा लाख दीप प्रज्वलन गरिएको थियो भने स्थानिय बुद्दिजिबी, शिक्षाविद, भद्र भलाद्मी लगायत विभिन्न जिल्लाबाट विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो l समापन कार्यक्रमको समापन गर्दै स्वामी सच्चिदानन्द विशुद्ददेवका प्रथम शिष्य स्वामी कल्याण मित्रले यस दिब्य पुण्यभूमिमा स्वामी सच्चिदानन्द कन्या गुरुकुलको अबधरनालाई साकार बनाउन हामि सबै लागि पर्नुपर्ने बताउदै अनुष्ठानलाई सहयोगसाथ गर्नुहुने सबैमा करुणामय धन्यवाद दिनुभयो l आगामी दिनहरुमा यस दिब्य पुण्य भूमिमा योग ध्यान केन्द्र बनाइ योगमय बनाउने र विश्वमा शान्तिको अनुभूति दिलाउने अवगत गर्नुभयो l

विश्शुव शान्ति शुक्ष्म ज्ञान महायज्ञ समापन समारोहको कार्यक्रमको संचालन पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के. बि. सम्राटले अनुशासनका साथ भब्य र सभ्य रुपमा संचालन गर्दै स्वामी कल्याण मित्रलाई यस दिब्य पुण्य भूमिमा स्थापित हुने गुरुकुलको पीथाधिश्वोर घोषणा गर्दै गुरुकुलका लागि आवश्यक कदम चाल्न निर्देशन दिदै हाम्रो मुलुक ऋषिमुनिहरुको सिद्दभुमी भएकाले पनि गुरुकुल अति आवश्यक भएकाले गुरुकुलका लागि पशुपति अन्नपुर्णा आश्रमले गर्नुपर्ने भूमिकामा सहभागी बन्ने बताउनुभएको थियो l

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *