मफोसलका संचारकर्मीलाई खाद्य तथा स्वास्थ्य सामग्री बितरण
रासंसा/काठमाण्डौ, आषाढ ७,
मुलुकमा विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको कारण निशेधाज्ञा गर्न बाध्यताको समयमा मोफसलका कार्यरत संचारकर्मीहरुलाई यतिखेर सारो अप्ठेरो होला भन्ने महसुस गर्दै स्वतन्त्र पत्रकार सघ नेपाल काठमाण्डौ शाखा र गूड हुमन सस्था द्वारा शाखा अध्यक्ष पुस्कर राज पाण्डेको सभापतित्वमा खाद्यान तथा स्वास्थ्य सामग्री बितरण गरिएको छ। स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष वरिष्ठ पत्रकार तथा समाजसेवी के. बि. सम्राटको प्रमुख आतिथ्यमा सहयोगी हातहरु, विभिन्न सामाजिक अभियन्ता तथा व्यक्तिहरुबाट संकलनार्थ सो राहत सामग्री काठमाण्डौँको सुकेधारा निलो पुलबाट आकृसा गोल्ड प्यालेसका सन्चालक एवमं समाजसेवी अजय खतिवडा तथा समाजसेबि याङ योन्जन, समाजसेबि सिता पुरि र तिन जुरे ज्वेलर्स प्रा लि का सन्चालक कमल ढकालको रोहबरमा वितरण गरिएको हो l
यस्तो जोखिमको समयमा पनि पत्रकारहरु अग्र पंतिमा रहेर जनाताममा सुसुचित सत्य तथ्य समाचार प्रवाह गर्ने संचारकर्मीहरुको मर्म बुझेर केहि मोफसलका संचारकर्प्रमीलाई राहत स्वरूपयो कार्य गरेकोे स्वतन्त्र पत्रकार संघ नेपालका काठमाण्डौ जिल्ला अध्यक्ष पुस्कर राज पाण्डे बताउनुहुन्छ । त्यस्तै संघका राष्ट्रिय पार्सद तथा रास्ट्रिय नागरिक समाजका अध्यक्ष महेश विक्रम कुँवरले विभिन्न ठाउँमा कोरोना महामारीको बेला सहयोग गर्दे आएको र हाल पनी यस्ता कार्यहरुमा सहयोग गर्नु पर्ने र पत्रकारहरुको यो मर्म राज्यले बुझ्नुपर्ने बताउदै आज पत्रकारहरुका लागि पत्रकारले नै मर्म बुझेर यो कार्य गरेकोमा आयोजक संस्था एवं सहयोगी हातहरु तथा समाजसेवीहरुलाई धन्यवाद दिनुभयो l
प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष वरिष्ठ पत्रकार तथा समाजसेवी के. बि. सम्राटले आजको यो गरिमामय मर्माहित कार्यक्रमलाई प्रसंसा गर्दै आफुले गत वर्षको जसरि यो वर्ष पनि राहत वितरण गरेको बताउदै आफुले गरेको कामको मुल्याकन आफैले त कसरी गर्नु र तर जोकोहीको पनि मुल्याकंन भने कतै न कतै कसैले गरी नै रहेको हुन्छ । काम गर्नु फलको आशा नगर्नु हो भने जसरि पत्रकारहरुले आफ्नो धर्म निभाउदै सत्य तथ्य र यथार्थ समचात जनतामा सुशुचित गर्ने भएकाले समाज र राष्ट्रप्रति संचारकर्मीको ठुलो भूमिका भएकाले पत्रकारहरुको धर्म निभाउन सुझाउनुभयो l पत्रकारहरुलाई कुनै अप्ठेरो भए नेपाल पत्रकार महासंघमा सम्पर्क राख्न हुन पनि अनुरोध गर्नुभयो l