शनिबारको हावाहुरीले तनहुँका विभिन्न भागमा ५ लाख २० हजार बराबरको क्षति

Share to:

अन्जनराज न्यौपाने

तनहुँमा हावा हुरीका काण ५ लाख२० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। गत शनिबार बेलुकी आएको हावा हुरीको कारण जिल्लाको भानु नगरपालिका वडा नं. १३ स्थित ११ घरधुरी, वडा नं. ६ स्थितमा बसोबास गरिरहेका ५ घरधुरी, वडा नं. १ भिमसेन प्रा.बि. स्कुलको छानाको टिन समेत गरी भानु नगरपालिका अन्तर्गत ४ लाख ८० हजार बराबरको क्षति भएको हो।
यसैगरी जिल्लाको पुर्वी धार्मिक एब्म् पर्यटकीय स्थल देवघाट गाउँपालिका वडा नं. ३ स्थित १ घरधुरीमा २० हजार बराबरको र बन्दिपुर गाउँपालिका वडा नं. ६ अन्तर्गत रहेको १ घरधुरीमा २० हजारबराबर गरि कुल ५ लाख २० हजार बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए।

Like