बाँदर आतंक बडेपछि जंगलमा फलफूलकाबृक्ष रोपिदै
अन्जनराज न्यौपाने
चैत,१८ गते बुधबार
तनहुँ ।
बाँदर आतंक बड्न् थालेपछि स्थानीयबासीहरु चिन्तित छन्। ब्यास नगरपालिका-५ स्थित याम्दी खोला र चिन्टुटार भन्ने स्थानमा बोटमा रहेका केराका घरी नै खान थालेपछि स्थानीय कृषक शरण न्यौपाने भन्छन आफनो नगदेबाली नै सखाप पार्यो अब के गर्ने दैनिक केराको बोट भाँचने ,मकैको सुली भत्काउने ,मेवाको बोटमा चडेर आदि खाने आदि फाल्ने , गाजर , केराउ, अम्बा,बदाम लगाएत काफल,आलु, गहुँ, जौ लगायतका बाली खाने गरेको प्रति चिन्ता ब्यक्त गरे । खेतबारी पखेरामा अैसेलु ,चिउरी, जमुना, अमला, लोकल आँप, कटहर, लीचीलगायतका फलफूलहरु सखाप पार्ने गर्दा कृषक न्यौपाने मात्रै होइन स्थानीय अन्य कृषकहरुपनि चिन्तित बनेका हुन्।
स्थानीय कृषक भन्छन बाँदरहरुकालागि उनीहरुले नै मनपराउने फलफूलहरु जंगलमै
बोटविरुवाहरु लगाउन थालेको करिब ३ वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जङ्गलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास जिल्लाका कृषकले गरेका छन्।
कयौं बर्ष देखि दर्जनाौ अन्नबाली सखाप पार्न थालेपछि अतिनै चिन्तित भएको बताउछन् स्थानीय कृषक शरण न्यौपाने उनी भन्छन् बाँदरका लागि बिहान देखि बेलुका सम्म पालोगरेर कुर्नुपर्ने बाध्यता र समस्या बिध्यमान रहेको छ उनले भने।
बाँदर नियन्त्रणकालागि सरकारले पहल कदमी हालसम्म पनि नगरेको प्रतिचिन्ता ब्याक्त गरे। “खेतमा काम गर्न गएको बेलामा बाँदरदेखेर धपाउन खोज्दा उल्टै बाँदरले आक्रमण पनि गर्ने गरेको छ उनले भने।
जिल्लाका विभिन्न स्थानहरूमा दैनिक बाँदर आतंक बड्न थालेपछि स्थानीय वासीन्दाहरुले पटकपटक जिल्ला डिभिजन बन कार्यालय ब्यास-३ तनहुँ दमौलीमा डेलिकेशन गएको र कुनै पहलकदमी नहुदा दुखलागेको बताउछन।
बड्दो बाँदर आतङ्कले जनजीवन अस्तब्यस्त भएको प्रति ध्यानाकर्षण भए सगै सरोकारवाला निकाय जिल्ला डिभिजन वन कार्यालय तनहुँले जङ्गलमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम अगाडि सारेको हो ।
बनमा भएका “बाँदर आतङ्क न्यूनीकरण गर्न सबडिभिजन वन कार्यालय म्याग्देको सिफारिसबमोजिम उमाचोक सामुदायिक वनमा फलफूलका बिरुवा रोप्ने तयारी भएको कार्यालयले जनाएको छ।
वनमै फलफूल भएपछि बाँदर बनमै भुल्ने र बस्ती तिर नआउने विस्वास राखिएको बन कार्यालयले दाबी गरेको छ।
तनहुँमै पहिलोपटक उमाचोकमा बाँदर भुलाउन जङ्गलमा फलफूलको बिरुवा रोपण गर्न थालेपछि स्थानीय कृषक हर्षित भएका छन्।
“बाँदरले आफ्नो आहाराको अभावमा किसानको खेतीबाली नष्ट गर्ने तथा मानिसहरुलाई नै आक्रमण गर्ने समस्या न्यूनीकरणका लागि फलफूलका बिरुवा बनमा लगाउने विधि अतिनै समय सान्दर्भिक तथा स्वागतयोग्य भएको म्याग्देगाँउपालिकाका स्थानीय समाजसेवी कमल धिमिरेले बताए ।
यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले रु ७ लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्ने भएको छ।सामुदायिक वनको ३हेक्टर क्षेत्रफलमा करिब ८ सय४० वटा विभिन्न प्रजातिका वनजन्य फलफूलको बिरुवा रोपिनेछ । बुट्यान जङ्गलमा बाँदरले मन पराउने बर्सेनि उत्पादन हुने खालका बिरुवा लगाइनेछ, त्यसका लागि जग्गा मिलाउने, तारबार गर्ने काम भइरहेको छ।
खेतबारीको बाली बिगार्ने, पाकेको फल लथालिङ्ग पार्ने समस्याले किसान हैरान भइसकेका छन् । सुरुसुरुमा गाउँका पातलो बस्तीमा पसेको बाँदर हिजोआज बाक्लो बस्ती भएका बजारक्षेत्र र गाउँमा समेत नियमित डुल्छ ।
खेतबारीमा बाली नभए घरघरै पसेर भण्डारण गरेको खाद्यान्न समेत बिगार्ने किसानको गुनासो छ । घरघरै पस्ने बाँदरले घरभित्रै दिसापिसाब समेत गरेर फोहोर गरिदिने सर्वसाधारण बताउँछन् ।
धेरैजसो खेतबारीमा लगाइएको बाली बाँदरले सखाप पार्न थालेपछि अहिले बाँझै छाडिएको हो ।
बाली लगाएदेखि भित्रयाउँदासम्म नै बाँदरले नोक्सान पुर्याउन थालेपछि स्थानीयले केही भुभागमा भने खेती गर्नै छाडेको भेटिएको छ।