होलीमा जबर्जस्ती रंग लगाए कार्बाही गरिनेछ- प्रहरी प्रमुख पौडेल


जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले हिन्दुहरुको महत्त्वपूर्ण चाँड होलीमा साधा पोषाकमा विशेष प्रहरी परिचालन गरिने भएको छ।
उमेर नपुगेकालाई सम्झाउने र उमेर पुगेकाहरुले अभद्र व्यवहार गरे कानुनी दाएरामा ल्याईने प्रहरी प्रमुख पौडेलले बताए ।
मनोमानी ढंगबाट आफुखुसी लोला हान्ने र जवरजस्ती गरे कानुनी उपचार दिलाईने छ उनले भने।
नेपाल प्रहरीको पहलमा सुरक्षा ब्यबस्थालाई कडा पार्न विग्रेका सिसिटिभीको पुननिर्माण तनहुँ उधोगबाणिज्य सघसगको सहकार्यमा जडान गरिने समेत उनले जानकारी दिए।
होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ भने मलामासका कारण यस बर्ष भने चैत१५ गते पहाडमा र तराई मधेसमा १६ गते मनाईने भएको हो।
होली रङ्गहरूको चाड भएकाले होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू दलेर एक अर्कालाई रङ्गिनमय बनाएर मनाउने चलन छ। रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाईने गरिन्छ । सदियौंदेखि होली मनाइदै आएको छ, तर एउटा गुनासो प्रत्येक वर्षको होलीमा आउने गर्छ । होली खेल्न मन नहुनेहरुलाई रंग नदल्नु पानी नछ्याप्नु भन्दा पनि केही उश्रृंखल तत्वहरुले जवरजस्ती रंगलगाउदा अभद्र व्यवहार गरेको आरोपमा कानुनी दाएरामा ल्याईने र मुद्दा दाएर गरिने कानुनी प्रावधान रहेको प्रहरी प्रमुख पौडेलले बताए ।
फागु (होली) पर्वको अवसरमा होली पर्व मनाउने नाममा कसैको इच्छा विपरित रंग छ्याप्ने¸ जथाभावी अबिर फाल्ने¸ हो -हल्ला गर्ने गराउने लोला हान्ने¸ जवरजस्ती अमर्यादित गैरकानूनी र उच्श्रृंखल किसिमका कुनै पनि व्यवहार गर्ने जस्ता कार्य प्रचलित कानून विपरित हुन् । कानून विपरितका कार्य तथा असभ्य व्यवहार कोही कसैले नगर्नु नगराउनु हुन
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख पौडेलले अपिल गरे ।
होलिको पौराणिक महत्त्व :
पौराणिक भनाइ अनुसार सत्ययुगमा नास्तिक हिरण्यकशिपु नामक एक जना राक्षसको जन्म भएको थियो । हिराण्यकशिपुलाई भगवान विष्णुले नरसिंहाको रुप धारण गरि मारेका थिए । हिराण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका भक्त थिए । आफ्नै छोरा प्रह्लाद भगवान विष्णुको भक्त बनेको हिराण्यकशिपुलाई मन परेको थिएन ।
त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका९जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् । दाजुको आदेशानुसार होलीका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट त भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।
भने अर्को प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी बहिनि पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएको सम्झनास्वरुप अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा रहिआएको बताइन्छ।