मार्शल आर्टको तान्डिङ र तुङ्गल प्रितियोगितामा लुम्बिनी प्रदेश प्रथम
प्रथम राष्ट्रिय पेनकेक सिलात मार्शल आर्ट प्रतियोगिता बारबर्दिया नगरपालिका- ६ धामपुर स्थित खेल मैदानमा फागुन २६ गते देखि २९ गते सम्म संचालन भएको छ।
उक्त कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसि ( सोनाम)ले गरे ।
कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै प्रखुख अतिथि मन्त्री केसीले पेन्केक सिलात खेल राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा ख्यातिप्राप्त खेल स्वास्थ्यकालागि तथा राष्ट्रकालागि गौरवपुर्ण खेल आत्मरक्षाका लागि अतिनै लाभदायक भएको बताए ।
बारा,बर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले नगर ,जिल्ला र राष्ट्रको चौतर्फी विकासकालागि पेन्केक सिलात मार्सल आर्टले अमुल्य योगदान गर्नै बताए।
जि,स,स,का प्रमुख शंकर प्रसाद थारुले यस
खेललाई आगाडी बडाउन वडा,गाउँ,नगर ,जिल्ला र राष्ट्रिय – अन्तर्राष्ट्रिय स्तरमा पहिचान राख्न सफल भएको बताए ।बारबर्दिया नगरपालिकाकि उप-प्रमुख अन्जुदहितले महिलाहरुको विशाल सहभागीता यस खेलमा देख्नपाउदा आफुलाई खुसीलागेको बताईन्।देशमा बेलाबखत हुने बलात्कार ,हत्या,हिंसा ,चोरी ,लुटपाट ,आतंकलाई नियन्त्रण गर्न महिलाहरूलाई सिलात खेल अति महत्त्वपूर्ण र जिवनउपयोगी रहेको छ उनले भनिन्न।
राजापुर नगरपालिकाकि उप-प्रमुख मनकला चौधरीले
संधर्ष गरे सफलता अब्श्य हासिल हुने भएको बताउदै खेलाडीमा आत्मानुशासन र लगनशीलताको जरुरत हुने बताईन्।
नेपाल पेनकेक सिलात मार्शल आर्ट सघका केन्द्रीय अध्यक्ष दिपेशकुमार पुनले अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त मार्सल आर्ट खेल ईण्डोनेसियाबाट नेपालका७७ जिल्लाहरुमा पुर्याईने लक्ष्य रहेको बताए । नेपालको७ वटै प्रदेशहरुमा प्रदेश समिति गठन भै सकेको बताएउदै अति दुर्गम र दुर्दराजका खेलाडीहरुको उत्पादन गराउने लक्ष्य हामीले लिएा छौ उनले भने।
प्रथम राष्ट्रिय पेनकेक सिलात मार्शल आर्ट प्रतियोगितामा आयोजक टीमले ५ वटा स्वर्ण पदक हात पारेको छ। तान्डिङ्ग र तुङ्गल विधाका ११ खेलमा आयोजकसहित सातवटै प्रदेसका ८ टीमबाट ८२ खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएको स्थानीय
कार्यक्रमको सभापतित्व नेपाल पेनकेक सिलात मार्सल आर्ट सघ बर्दियाका उपाध्यक्ष खिमबहादुर खड्काले गरेका थिए।
उक्त कार्यक्रमको समापन बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा थारु( कविर)ले गर्दै पेनकेक सिलात मार्सल आर्ट्का राष्ट्रिय खेलकुदमा विजयी खेलाडीहरुलाई
मेडल,ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।
उक्त प्रतियोगितामा ४० केजी तौल महिला तान्डिङ खेल तर्फ प्रथम हुने लज्जु चौधरी ,दोस्रो हुनेमा ऐन्जिला ऐडी,तेस्रो हुनेमा सावित्रा चन्द र जलन्ता बोगटी रहेकि छन्।
यसैगरी ४५ केजी तौल महिला समुह तर्फ आयोजक टिम रितु चौधरी प्रथम,लुम्बिनी प्रदेशकि मनिषा कठायत दोस्रो र तेस्रो स्थान ओगटन सफल कविता थारु र स्मृति न्यौपाने रहेकि छन्।
यस्तै ५० केजी तौल समुहमा महिला तर्फ संगिना रावत प्रथम भईन,यस्तै दोस्रो स्थान ओगटन सफल भएकि छन सरु श्रेष्ठ , तेस्रो स्थानमा जयपुरी कार्की र सृजना चौधरी रहेकि छन्।
५५ केजि तौल समुह महिला तर्फ आचल बुढा मगर प्रथम ,संगिता गिरी दोस्रो स्थान ,भुमिका बुढामगर र संझना बुढामगर तेस्रो स्थान ओगटन सफल भएका थिए।
४० केजी तौल समूह तान्डिङ्ग तर्फ लुम्बिनी प्रदेशका जितेन्द्र बुढा ,दोस्रो हुने सविन वि,क,तेस्रो स्थान ओगटन सफल भए गण्डकी प्रदेशका मोहन पाण्डे र नवराज भण्डारी रहेका छन्।
यसैगरी ,५० केजी तौल तर्फ प्रदेश नम्बर -७ का राजन बानियाँ प्रथम,रतन्त सहकारी प्रदेश नम्बर -५ दोस्रो स्थान ,विशाल परियार र विनोद बोहरा तेस्रो स्थान ओगटेका छन्।
६० केजी तौल समुहमा आयोजक टिमका नवीन नेपाली प्रथम भएका छन् भने दोस्रो स्थानमा प्रदेश नम्बर -१ का प्रदिप चौधरी र प्रदेश नम्बर -४ का सुरेश बुढा र सोर्णिम रोक्का मगर रहेका छन्।
एकल तुङ्गल पुरुष तर्फ आयोजक टिम लुम्बिनी प्रदेशका गोविन्द चौधरी प्रथम भए ।
यस्तै महिला एकल तुङ्गल तर्फ लज्जु चौधरी प्रथम भएकि छन्।
उक्त कार्यक्रममा तान्डिङ र तुङ्गल तर्फ ४५ केजि तौल समुहमा लुम्बिनी प्रदेश प्रथम,कर्णाली प्रदेश दितृय आयोजक टिम तृतीय भएको छ।
उक्त खेलमा सम्पुर्ण खेलाडीहरुको पुरुष तर्फ सर्बोत्कृठ स्थान ओगट्न सफल भएका छन् लुम्बिनी प्रदेशका४५ केजी तौल समुहका जितेन्द्र बुढा र महिला तर्फ ४० केजी तौल समुहकि ऐन्जिला ऐ,डी रहेकि छन्।
७ प्रदेशमै पहिलो राष्ट्रिय स्तरको खेल संचालन हुनु यस क्षेत्रको मात्रै नभै समग्र प्रदेशकै गौरव भएको बताउदै स्थानीय युवा समाजसेवी शिव आचार्यले खेलकुद प्रत्येक मानिसको अभिन्न अङ्ग भएको बताए ।
खेलकुदको नियम आचारसहिता विधानमा रहेर खेलाडीहरुले अनुशासनपुर्वक खेलमा सहभागी भै कार्यक्रमलाई सब्य एब्म् भब्य रुपले संचालन गर्न सफल भएको भन्दै आयोजक टिमप्रति स्थानीय
रम्मापुर मध्यवर्ती सामुदायिक होमस्टे संचालक एब्म् खेल संचालक समितिका सदस्य रामबहादुर चौधरीले खुसी ब्याक्त गरे।
Comments are closed.