मोटरसाइकल चालक थापाको मृत्यु
तनहुँ । ,फाल्गुन १५ गते शनिबार
भर्खरै प्राप्त समाचार अनुसार एक मोटरसाइकल चालकको मृत्युु भएको छ। शनिबार राती ८:३०बजेको समयमा जिल्ला तनहुँ ब्यास न.पा.१ बुल्दिपुल स्थित पृथ्वीराजमार्ग स्थित दमौली बाट घाँसिकुवा तर्फ जादै गरेको गा.१९ प २७३ न.को मोटरसाईकल आफै अनियन्त्रीत भई सडकमा पल्टदा मोटरसाईकल चालक जिल्ला तनहुँ ब्यास न.पा.२ मालेबगर बस्ने बर्ष २२ को बिबेक थापा मगरको मृत्युु भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्र,ज अनिल पाण्डेका अनुसार मृतक थापाको टाउकोमा गम्भीर चोट लागेको अबस्थामा भेटिएको र उनलाई उपचारका लागि दमौली स्थित जिल्ला अस्पताल दमौली लगेकोमा ८ बजेर ५० मिनेटको समयमा डक्टरले मृत घोषणा गरेको थियोे ।
सोही मोटरसाइकलमा पछाडी सवार ब्यास-२ बस्ने बर्ष २० की रजनी गुरुङको बाहिरी चोट नदेखीएको र अबस्था भने सामान्य नै रहेको छ उनको रत्नहरी अस्पताल -४ दमौलीमा उपचार भैरहेको छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Like