ब्यास नगर मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Share to:

तेस्रो ब्यासनगर मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ सम्पन्न भएको छ। जिल्लाको सदरमुकाम दमौली स्थित व्यासनगरपालिका २उत्तरशिला हलमा फाल्गुन ६ गतेदेखि ८ गते सम्म आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गरे।
उक्त कार्यक्रममा ए -लेवल पोखराका प्रनिससिहं ठकुरी र विशाल बस्नेत प्रथम भए ।यसैगरी बी लेबलमा ब्यासनगर ब्याडमिन्टन क्लवका विपिन धले र ठगेन्द्र राना प्रथम भए ।यस्तै सी लेवलमा ब्यास१० ब्याडमिन्टन क्लवका सुजित राना र मेख राना प्रथम भए।
यसैगरी सि लेभलमा ब्यासनगर ब्याडमिन्टन क्लवकै रुवि श्रेष्ठ र सानुमाया श्रेष्ठ प्रथम भए । यस्तै ए लेबलमा दोस्रो हुने धादिङ जिल्ला ब्याडमिन्टन सघका भिषण श्रेष्ठ र सुजन थापा रहेका छन्।प्रतियोगितामा बी लेबलमा दोस्रो हुने धादिङ जिल्लाकै राममल्ल ठकुरी र लक्षमण मल्ल विजयी भए । सि लेबलमा दोस्रो स्थान हाता पार्न सफल झापुटार ब्याडमिन्टन क्लवका अमर थापा र अमर थापा रहेका छन।
सि लेबल महिला विधा तर्फ पोखराका अनिता गुरुङ र चन्द्र छन्त्याल दोस्रो भईन।
यसैगरी ए लेबल खेलमा सान्त्वना स्थान हाता पार्न सफल राजु थापा,विनोद पौडेल बुटवल ,दिपक राना ,सोनम खड्गी काठमाडौ रहेका छन।
यस्तै बी लेबल सान्त्वना स्थान प्राप्त गर्ने काठमाडौंका गोविन्द श्रेष्ठ र ब्यासनगर ब्याडमिन्टन कल्वका सागर थापा रहेका छन्।यस्तै सान्त्वना पाउने चितवनका राजु सापकोटा र विष्णु दवाडी रहेको ब्यास नगर ब्याडमिन्टन क्लवका अध्यक्ष कुमार गुरुङ (जीवन)ले जानकारी दिए।
उक्त कार्यक्रमका प्रमुख व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष यज्ञबहादुर राना, व्यास नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठ, व्यास नगरपालिका १० का वडा अध्यक्ष तुलसीराम सापकोटा , ब्यास दिब्य ज्योति बोडिङ्ग स्कुलका प्रिन्सिपल सुरज सुब्बा लगायतले प्रतियोगितामा विजयी सबै खेलाडीहरुलाई बधाई तथा शुभकामना मन्तब्य ब्याक्त गर्दै पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा ए लेवलमा प्रतिस्पर्धी१६ टिम सहभागी थिए भने बी लेवलमा५८ टिम,सीलेबलमा३८ टिम
महिला जोडी खेलाडीहरुमा१० टिम सहभागी रहेका थिए।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *