मोटरसाइकलमा पछाडि सवार युवतीको कारमा ठक्कर खादा मृत्युु

Share to:
आँबुखैरेनीबजारमा मोटरसाइकल दुर्घटना स्थल
फाल्गुन ,२ गते आईतवार

कारमा ठक्कर खादा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका – ६ भोर्लेटार बस्ने बर्ष-१७ कि अन्बेसा पौडेलहेकि छन्।
जिल्लाको आबुखैरेनी गा.पा.३ आबुखैरेनी चोक स्थित पृथ्वीराजमार्ग अन्तरगत मुग्लिङ बाट डुम्रे तर्फ जादैगरेको ना.१९ प ९२४ न.को मोटरसाइकललाई सोही दिशाबाट NL01N2986 न.को ग्यास बुलेटले पछाडीबाट ठक्कर दिदा बिपरित दिशाबाट आउदैगरेको मोटरसाईकल र सोही बिपरित दिशा बाट आउदै गरेको ग.३ च २०८४ न.को कारमा गई एक्कासी ठक्कर खादा मोटरसाइकल पछाडी सवार पौडेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्र,ज अनिल पाण्डेले बताए । घटनामा तिन वटै सवारी साधन र तिन जना चालक प्रहरी नियन्त्रणमा रहेका उनले जानकारी दिए।
NL01N2986 न.को ग्यास बुलेट चालक भारत बिहार प्रदेश पुजारा जिल्ला बस्ने बर्ष ३० को पंकज कुमार र ना.१९ प ९२४ नम्बरको मोटरसाईकल चालक जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं ४ बस्ने बर्ष ५१ को युबराज घिमिरेको हातमा चोट अबस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।
Like