चौथो अल्ट्रा ब्यासनगर म्याराथनको उपाधी कालिकोटका महताराले जिते

अन्जनराज न्यौपाने ,तनहुँ १६ गते शुक्रबार
जिल्लाको जेठो नगरपालिका ब्यासनगरपालिका द्वारा सहिद दिवसको अवसरमा चौथो ब्यास नगर अल्ट्रा म्याराथन कार्यक्रमको आयोजना गरिएको छ। ब्यासनगरपालिका५ मानहुँकोट बाट ८:४३ वजे शुरुभएको म्याराथन कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एब्म् पुर्व अर्थ मन्त्री रामशरण महतले गरे।
ब्यास-८ पुलिमराङ सम्म ४४ किलोमिटर लामो दुरीको उक्त अल्ट्रा म्याराथनको उपाधी कालिकोट घर भएका त्रिभुवन आर्मी क्लवमा कार्यरत नेपाली सेनाका सैनिक जवान बर्ष-२६ का देवराज महतराले जितेका छन्।
प्रथम हुने महतरालाई ८५ हजार ७७ रुपैयाँ नगर दोसल्ला र प्रमाणपत्र सहित सम्मानित भएका छन्।
१ सय६८ जनालाई पछि पार्दै ३ धण्टा ३मिनेट५१ सेकेन्ड मा पुलिमराङ पुगि प्रथम बन्न सफल भएका थिए।
यसैगरी उक्त म्याराथन कार्यक्रममा
सोलुखुम्बुका सुमन कुलुङ राई दितीय बन्न सफल भए। उनले ३ धण्टा ८ मिनट १ सेकेन्ड मा मानहुँबाट पुलिमराङ सम्म ३ घण्टा ८ सेकेन्ड १ पुग्न सफल भए । उनलाई ६५ हजार ७७ नगद प्रदान गरिएको छ।
यस्तै रामेछापका ३४ बर्षीय बेदबहादुर सुनार तृतीय बन्न सफल भए ।उनले ३ घण्टा १० मिनेट ५ सेकेन्डमा उक्त म्याराथनको दुरी पार गर्न सफल भएका हुन्। तृतीय हुने सुनुवारलाई ५५ हजार ७७ रुपैयाँ हस्तान्तरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्व अर्थ मन्त्री रामशरण महतले वितरण गरेका हुन। सान्त्वना हुने ५ जनालाई जनही १६ हजार७७ रुपैयाँका दरले नगरका साथै मेडल ,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियोे । खेलकुद क्षेत्रको संबर्दन र पर्वर्धन र खेलकुदमा युवाहरूको चासो बडाउने उदेश्यले उक्त म्याराथन कार्यक्रमको आयोजना गरिएको ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
उक्त प्रतियोगितामा १ सय ६९ जना धावकहरुले म्याराथन प्रतियोगितामा भाग लिएका थिए।



Like