पर्यटन पर्वर्दन गर्न दमौली,बन्दिपुर र छिम्केश्वरी सम्म साइकल लेन निर्माण गरिदै

Share to:
तनहुँ ,१४ गते बुधबार बन्दिपुर
पर्यटन पर्वदनगर्न गर्ने उदेश्यले दमौली,बन्दिपुर र छिम्केश्वरी सम्म साईकल लेन निमर्माण गरिएको छ । बन्दिपुर गाँउफालिका ३ रामकोट सामुदायिक होमस्टेमा बुधबार आयोजना गरिएको साईकल लेन कार्यक्रम सम्बन्धि अन्तरत्रिया गरिएको हो । ऊक्त साईकल लेेन एब्मम् अन्तरक्रिया कार्यक्रमको उद्घाटन बन्दिपुर गाँउपालिकाका अध्यक्ष पुर्णसिहं थापाले गरे । क्षेत्र नम्बर १ का ४ वटा स्थानीय तह र जिल्ला भिक्रका त्रियाशील पक्रकारहरु बीच अन्तरत्रिया कार्यक्रमको आयोजनामा आगन्तुत अतिथिहरुलाई सोही गाँउपालिकाकि उपाध्यक्ष करुणा गुरुङले स्वागत गरेकि थिईन् । पर्यटकहरुको मन तान्न र स्थानीय स्तरबाट उत्पादित बस्तुहरुले वजार पाउन भन्ने उदेश्यले स्थानीयवासीहरुको सेवा र सुविधालाई ध्यानमाराखि दमौली देखि बन्दिपुर हुदै छिम्केश्वरी सम्म साईकल लेन निर्माण गरिएको छ भने ,ऊक्त कार्यत्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त ३ जना साईकल यात्रीहरुलाई स्वागत गरिएको थियो । साईकल लेनको ऊद्घाटन एब्म् अन्तरक्रिया का त्रममा बोल्दै बन्दिपुर गाँउपालिकाका अध्यक्ष पुर्णसिंह थापाले नेपाल कै अति मनमोहक प्राकृतिक सौन्दर्यताले भरिपुर्ण भएको धार्मिक एब्म् पर्यटकीय हिसाबले अति महत्त्वपूर्ण मानिएको उच्च पहाडी भेग बन्दिपुरको समग्र ग्रामीण क्षेत्र र ऐतिहासिक सम्पदा, पर्यटन पर्वर्दन ,रोजगारी, शिक्षा र ग्रामीण क्षेत्रको संवृद्धिकालागि स्थानीय स्तरबाट उत्पादित बस्तुहरुको उपभोग ,खरिद विक्रि वितरण र ऐतिहासिक एब्म् धार्मिक सम्पदाको संरक्षण गराउने उदेश्यले स्थानीय स्तरको संम्वर्धनकालागि प्रचारप्रसार हुन सकोस् भन्ने देहले पत्रकार झेटघाट तथा अन्तरक्रिया कार्यत्रम आयोजना गरेका हौ, बन्दिपुरगाँउपालिकाका अध्यक्ष थापाले बताए । मगर समुदायको बाहुल्यता भएको मानिने क्षेत्र बन्दिपुरमा दिनहुँ हजारैको संख्यामा बिदेशी पर्यटकहरु भित्रिदै गर्दा स्थानिय स्तरका होटल, लज, रेष्टुरेण्ट र अन्य ब्यबसाय दिनानुदिन फस्टाउनेगरेकोमा हाल कोभिडका कारण बिभिन्न ब्याबसायमा केहि समस्या देखिएको छ उनले भने । १ सय बडी प्रजातीका पंक्षिहरु र बिभिन्न जडीबुटीहरु भेटिने छन । बिभिन्न समुदायका मिश्रित ५ होमस्टे र थप १० वटा होमस्टे स्थापित गरिएको छ । छोटो बाटोमा धेरै प्राकृतिक सम्पदाहरुको दृश्यव्लोकन गर्न सकिने र १० हजार पर्यटकहरुले एकै साथ बन्दिपुरका बिभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको मनोरम दृश्य हेर्न सकिने अध्यक्ष थापाले बताए । गा.पा. को जुनसुकै क्षेत्रबाट उतरी भेगमा अवस्थित हिमालहरुमा माछापुच्छ्रे ,अन्नपूर्णहिमाल ,गणेश हिमाल देख्न सकिन्छ उनले भने । किसानहरूले उत्पादन गरेका खाध्य सामाग्रीहरु काठमाडौ पोखरा, चितवन सम्म बजार पाउने, दक्षिण यसियामा पहिलो र प्रसिद्धि कमाएको सिद्धगुफाहेर्न पहाडकि रानी बन्दिपुरमा रहेको सिसाको भ्यु टावर , निर्माणधिन अबस्थामा रहेको केबलकार, चिनको झल्को दिने र्गेट वाल हेर्न, स्थानिय स्तरबाट आयोजना गरीने लाखे, झ्याउरे ,चुड्का,लोक संस्कृतिको भरपुर अनन्द लिन बाहिय पर्यटकहरु आउने गरेको उनले बताए ।
यसैगरी ऊक्त कार्यत्रमको अवसरमा ब्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बोल्नेक्रममा आफनो स्थानको मौलिक पहिचान ,धार्मिक र पर्यटकीय पर्वर्दन एब्म् स्थानीय स्तरमा उत्पादित बस्तुहरुको खरिद विक्री वितरणका लागि महत्वकांक्षी लक्षय हुनु स्वागत योग्य रहेको बताए । नगर प्रमुख न्यौपानेले बन्दिपुर र मानहुको प्रसिद्धि र मौलिकतालाई निष्ठा र अनुशासन पुर्वक सबै पक्ष मिलेर हातमा हात काँधमा काँध मिलाएर लागनुपर्नैमा जोड दिए । आँबुखैरेनी गाँउपालिका देखि ब्यास नगरपालिका सम्म मैत्रीपूर्ण सम्बन्ध स्थापित गराउने र ग्रामीण पर्यटन पर्वर्दन गराउने उदेश्यले ऊक्त कार्यत्रम आयोजना गरिनु स्वागतयोग्य भएको उनले बताए ।
Like