जनता साँढेको जुदाई बाँछाको मिचाई जस्तो बन्न पुगे

Share to:

ठुला नेताका कारण जनताहरु साँढेको जुदाई बाँछाको मिचाई जस्तो बनन पुगेका छन। देशमा पछिल्लो समय विभिन्न बिवाद बढेसंगै राज्नितिक अस्थिरता देखिन थालेको छ । बिबादका कारणहरु सत्ता र पद संरक्षण होस या उद्घाटन नै किन नहोस् जे काम गरेतापनि बिवाद नै सृजना भएका छन । ( छट छट् बुडि म जाज्छु , भने उखानलाई बदलेर छट् छट् म कुर्चिमा जान्छु भन्ने भन्दापनि फरक नपर्ने भएको छ ।
नेताहरु आफ्नो स्वर्थको लागि जुट्ने आफ्नै स्वरथको लागि फुट्ने तर सदाबाहर मारमा पर्ने जनता नै हुन । नेताहरु कुर्चि र सत्ताको लागि नीति ल्याउनपनि सक्ने र नियम तोड्नपनि सक्ने ,अल्लो घरर्के नरे पल्लो घर सरे भनेझै गर्नपनि सक्ने तर जे भनेपनि सहि हो भनेर सदबाहार आदेश पक्ष्याउने सोजा जनता सधै गोरुको जुदाई बनछ्छाको मिचाई भन्ने उखान टुक्कामा पर्न बध्य भयका छन ।
सिङ्गो देश चलाउनको लागि कुर्चि खोसाखोस गर्ने प्रमुख नेताहरु पाटि चलाउन सकेका छैनन् । यउटाले अर्को लाई उचाल्ने अर्को ले अर्काेलाई पछार्ने परम्परा कैलेसम्म चल्नेहो अब भनेर जनता चिन्तित छन । आफ्नो स्वर्थको लागि जुट्ने आफ्नै स्वरथको लागि फुट्ने संस्कार कैलेसम्म चल्ने , सहि र गलत के हो भनेर थाहा हुदा हुदैपनि मेरो पार्टी न हो जसोगरेेेेे पनि जे गरेपनि चल्छ भनेर झुटलाई साथदिने परिपाटी नै बनेेको । प्रहरी , प्रशासन र पत्रकार जस्तो बिस्वासनिय जगत पाटिको पुछार हुने प्रबिधि चलिरहेको गुनासो आम सर्बसाधरणाले गरिरहेको पाईएको छ । विसवासिलो आधिकारिक र भरपर्दो निकायहरुसंग नै जनताको बिस्वाश नरहेपछि अब सर्बसाधरण जनताले कहाँ र कस्को ढोका ढक्ढकाउन जाने ?
के अब देश र देशको सिस्टममा सकरात्मक परिबर्तन नआउने नै हो त ? सत्ता र पावार भएका ब्यक्ति को फोन कलमा काम हुने आम सर्बसाधरण ब्याक्तिहरु सधै कान्लो मुनिको भ्यागुतो भएर नै बस्न बाध्य हुने हुन त सधैं ?
अन्त्यमा उद्घघाटन र प्रमुख अतिथि बन्नकोलागि लड्न तयार नेताहरु बिकाश र सकरात्मक परिबर्तन ल्याउनमा जोड देउ , पावार प्रदशन का लागि नेताको एक फोन सम्पर्कमा रोडमा उत्रिएर असुल, ग्यास र प्रहरीको भाटा खाना तयार कार्यक्रताहरु बिकाश निर्माणका काममा तेसरिनै सहभागी भएर देखाउ , सत्तामा बसेकाहरु आफ्नो सत्ता र पावरको दुरुपयोग नगर , पत्रकार , प्रहरी र प्रशासन जस्तो बिस्वस्निय जगतले आफ्नो धर्म र कर्म नभुल र जनता ठुलो बडा बाठा टाठाले भनेको नै सहि हो भनेर आखा देख्ने अन्धो नबनाऔं , बिधेक ल्याउन सक्ने र बिगठन गर्न सक्ने , आफ्नो सत्ता र समित्वा बढाउन लगाउने बल र बुद्धि देशको द्विर्ग भलोको लागि लगाउ । लेखक:-( सुरेश सुनार )तनहुँ तरंग साप्ताहिक पत्रिकाका प्रकाशक हुनुहुन्छ

Like