सुपर प्लस साइज मोडलको दोस्रो अडिसन माघ १० गते हुदै

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड टप प्लस साइज, २०२१’ मा सहभागिता जनाउन पाउने कम्पनीका प्रमुख डेभिल सिंह राजपुतले जानकारी दिएका छन्। उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने पनि राजपुतले जानकारी दिएका छन्।
राजपुतका भन्छन- ’प्लस साइज (मोटोपना) का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो’ ।
प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती/महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साइज नेपालको आयोजना गर्दै समेत आएको छ ।
Like