तनहुँका १ सय बडी जुवाडे प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न स्थानहरूमा जुवा तास खेल्ने, खेलाउने गिरोहहरुको व्यापक खोज तलासलाई तिब्रता दिने क्रममा चाडवाडको मौका छोपी जुवा, तास,कौडा खेल्ने ,खेलाउने १ सय बडी जुवाडेहरुलाई जिल्लाका विभिन्न स्थानहरुवाट प्रहरीले नियन्त्रणमा लिएको छ। खोज तलास र कार्वाहीका क्रममा बिहीबार १९ जना जुवाकै खालबाट रंगेहात पक्राउ परेकका जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी शिवराज क्षेत्रीले जानकारी दिए।उनका अनुसार जिल्ला स्थित ब्यास-१२ वेलघारी भन्ने स्थानमा रामजि पन्थको कुखुराको खोरमा जुवा,तास ,कौडा खेल्दै गरेको भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषाल सहितको९ जानाको विशेष टोलीले जुवा खेलीरहेका १९ जनालाई रंगेहात पक्राउ गरि उनीहरुको साथबाट नगद ३लाख१० हजार९ सय ९० रुपैयाँ नगद वरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी क्षेत्रीले बताए । प्रहरीको फन्दामा पक्राउ पर्ने १९ जना जुवाडेहरुमा विनोद गुरुङ ,शम्भु श्रेष्ठ , गणेश बयलकोटी ,देवेन्द्र थापा,रुद्रबहादुर खत्री ,गोविन्द न्यौपाने ,कृण्ण सेढाई ,दिनेश राना ,कमल पन्त,राम पौडेल ,राजेन्द्र पन्त,सागर आचार्य ,विजय धिमिरे,किशोर श्रेष्ठ ,सुकबहादुर राना ,तेजबहादुर थापा,भिमसेन श्रेष्ठ , मीनबहादुर गुरुङ र पशुपति अर्याल रहेका छन्। पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रशासन कार्यालय दमौलीमा जुवा खेल्ने ,खेलाउने सम्वन्धी शीर्षकमा मुद्दा दर्तागर आब्श्यक अनुसन्धान भैरहेको छ।
यसैगरी जुवा खेल्दै गरेको अवस्थामा भादगाउँ हाईस्कुल टारका १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रेशम उचै, बिकास राना, एकराज शाही, केसर बहादुर खाण, रेशम सुनार, यम बहादुर मल्ल, खम बहादुर खान, देवन गुरुङ, गोपाल चन्द, बुद्ध सिंह थापा, मनोज खाण ठकुरी, केशर बहादुर शाही, सिद्ध बहादुर बंशी र नर बहादुर आले रहेका छन्।
बेलुकाको समयपारितास खेली रहेको गोप्य सुचनाको आधारमा ब्यास -१भादगाउँ हाईस्कुलटारका रेशम उचैको रेष्टुरेण्टबाट जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीकि प्रहरी निरीक्षक सबिता केसीको कमाण्डमा ७ जनाको विशेष टोलीले नगद रु ७४ हजार ४४५ बरामद गरेको सुचना अधिकारी शिवराज क्षेत्रीले जानकारी दिए। उनका अनुसार ,
जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ५ ब्राईटचोक स्थित दिनेश कुमार श्रेष्ठले संचालन गर्दै आईरहेको सिम्रन खाजा घरबाट ५जना जुवाडेहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। जुवाको खालबाट ५ जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरुमा याम बहादुर गरुङ, दिपक गुरुङ, बुद्दी बहादुर बिक, ढक बहादुर खान, दिनेश कुमार श्रेष्ठलाई समेत प्रहरीले जुवा खेल्दै गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी शिवराज क्षेत्रीले वताए । यस्तै
ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदिश रेग्मीको कमाण्डमा ५ जनाको विशेष टोलीले अबैध रुपमा तास खेलिरहेको उनीहरुलाई नियन्त्रणमा लिइएको छ। यसैगरी जुवाडेहरुको साथबाट १ लाख ३४ हजार ३सय२० रुपैयाँसहित जुवा तास समेत बरामद गरी उनिहरुलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप अनुमति लिई छुट्टा छुट्टै जुवा मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको सुचना अधिकारी, शिवरााज क्षेत्रीले जानकारी दिए। तनहुँमा २सय६३ फरार अभियुक्त र १ सय बडी जुवाडे पक्राउ परिसकेका छन्।