नदीमा स्नानगर्न तनहुँ प्रशासनको रोक ………………………. अन्जनराज न्यौपाने ,तनहुँ मंसिर-१० गते

Share to:

जिल्ला प्रशासन कार्यालय तनहुँले हरिबोधनी एकादशीका दिन जिल्लाका महत्त्वपूर्ण नदीका किनारहरुमा उपस्थित नहुन सूचना जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिताङ्गत बराल द्वारा जारी विज्ञप्तिमा कोभिड-१९को महामारीलाई मध्य नजर राखि मानव सुरक्षाकालागि सुरक्षित रहुन भन्ने उदेश्यले खोला ,नदीनाला ,ताल,तलाउमा नजान समेत कार्यालयले आग्रह गरेको हो।
आम जनताको भिडभाडले दिन प्रतिदिन जोखिम बढ्दै गएको भन्दै एकादशी व्रत घरमै बसेर मनाउन विज्ञप्ति मार्फत अनुरोध समेत गरेको छ। स्वास्थ्य मापदण्ड पालनामा कमी हुन आएको देखिएको भन्दै संक्रमणको जोखिम न्यूनीकरणका लागि भौतिक दुरी कायम गर्ने तथा अनिवार्य रुपमा मास्क लगाउनका साथै साबुन तथा स्यानिटाइजरको प्रयोग गर्न समेत कार्याालयले अपिल गरेको छ। जिल्लाका प्रसिद्ध नदीहरुमा मादी नदी ,सेती नदी,वुल्दी,साँगे खोला,छाब्दी खोला,मर्स्याङ्दी नदी,देवघाट स्थित त्रिशुली र कालीनदी पर्दछन्।

Like