पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के बि सम्राट विभिन्न शक्तिपीठमा सरिक

Share to:

रासंसा/ कार्तिक ८, काठमाण्डौ, पशुपती अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के बि सम्राट नवदुर्गाको आठौं दिन महाअष्टमीका दिन विभिन्न देविहरुका शक्तिपीठ्हरुको अवलोकन तथा निरीक्षणको क्रममा भद्रकाली मन्दिरको अवलोकन तथा निरिक्षण गर्नुभयो । अवलोकन तथा निरीक्षण पश्चात् नेपाल शाकाहारी पार्टीले आयोजना गरेको खाना तथा फलफुल वितरण एवं पशुवलीको अन्त्यका लागि संघर्षको कार्यक्रमलाई एकेवद्द्ताकासाथ सहभागी भइ हौसला प्रदान गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष सम्राटले मानव जाति भएर भगवानले दिएको उच्च प्राणीको कदर नगरेको बताउदै निरिह प्राणीहरुको बलिप्रथालाई अन्त्य गर्नुपर्ने बताउदै नेपाल शाकाहारी पार्टीले गरेका यस्ता कार्यक्रमलाई हामी सबैले सहयोग साथ् दिनुपर्ने बताउनुभयो । भगवान र भगवतीका नाममा निरिह प्राणी जसलाई ऐया आठो पनि हुन्छा भन्ने थाहा नभएको पशु पन्छिलाई वली दिएर भगवान तथा भगवतीको नाम प्रयोग गरि खाने प्रथ अन्त्य हुनका लागि पशुपति अन्नपुर्णा आश्रमले सहयोग गर्ने र नेपाललाई पशु पन्छी वली प्रथाबाट मुक्त गरि विश्वको मानचित्रमा उल्लेख गराउने बताउनुभयो ।

नेपाल शाकाहारी पार्टीका केन्द्रिय अध्यक्ष राधेश्याम खड्काले विभिन्न मठ मन्दिरमा पशु तथा पन्छी वली प्रथ अन्त्यका लागि नेपाल शाकाहारी पार्टी जस्तोसुकै संघर्ष गर्नु परेपनि पछि नहट्ने बताउदै पार्टीले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोन भाइरसका कारण मुलुकमा अशक्त असहाय ज्येष्ठ नागरिक एवं श्रमिकहरुलाई खान तथा फलफुल खाद्द्यान् निशुल्क रुपमा वितरण गर्दै आएको बताउनुभयो । नेपालभरी नेपाल शाकाहारी पार्टीले यस्ता कार्यहरु गर्दै आएको र यसलाई निरन्तरता दीइरहने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले पशु पन्छी वालिप्रथाको विरुद्दका ब्यानरहरु हात हातमा लिएर अनुशासंसाथ सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा सहभागी थियो ।

Like